Main News
कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित
२०७७ पुष १० गते १८:२६

१० पुस २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस १९ गतेसम्मका लागि स्थगित भएको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले अब अर्को बैठक १९ गते १ बजे बस्ने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भएको छ ।
कांग्रेसले पुस १३ गते सोमबार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ भने पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यसका लागि केन्द्रीय सदस्यहरुलाई खटाउनुपर्ने भएकाले कांग्रेसले बैठक स्थगित गरेको हो । कांग्रेसले सरकारले संसद विघटन गरेपछि गत मंगलबारदेखि केन्द्रीय समितिको बैठक बोलाएर छलफल गरिरहेको छ ।
प्रतिक्रिया