ओलीको प्रवृत्ति गोमन सर्पको जस्तै, नेकपा फुटेको छैनः खनाल
१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपा नफुटेको दाबी गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका भावी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै बरिष्ठ नेता खनालले नेकपा अहिलेसम्म नफुटेको दाबी गर्नुभएको हो ।
उहाँले नेकपालाई फुट्न संविधानले नदिने तर्क गर्नुभयो । पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पु¥याउनुपर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था रहेको भन्दै बहुमत आफुहरुसँग भएकाले पार्टी नफुटेको उहाँको भनाइ छ । पार्टीमा कोही चोइटिए पनि वडा तहसम्म पार्टी संगठित रहेको बरिष्ठ नेता खनालले बताउनुभयो ।
नेकपा दुई पार्टीको एकीकरणबाट बनेको विशिष्ट परिस्थितिमा दुई अध्यक्ष राखिएको भए पनि दुवै अध्यक्ष बराबरी रहेको बरिष्ठ नेता खनालको भनाइ छ । नेता खनालले प्रधानमन्त्री ओलीमा गोमन सापको जस्तो प्रवृत्ति रहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया