राजनीति

ओली गणतन्त्र मासेर तानाशाही व्यवस्था ल्याउन सक्रियः प्रचण्ड–नेपाल समूह (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते १७:१३
ओली गणतन्त्र मासेर तानाशाही व्यवस्था ल्याउन सक्रियः प्रचण्ड–नेपाल समूह (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका शीर्षस्थ नेताले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र मासेर तानाशाही व्यवस्था ल्याउन सक्रिय भएको आरोप लगाएका छन् ।

काठमाडौंको बबरमहलमा आज पत्रकार सम्मेलन गरी नेताहरुले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर गणतन्त्र सकाउन खोजेको दाबी गरे । अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले ओलीकै कारण गणतन्त्र अहिले धरापमा परेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पहिलो चरणको आन्दोलन सफल नभए दोस्रो चरणमा कडा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले अब मुद्दा अदालतमा पुगेको भन्दै न्यायालयप्रति भरोसा रहेको समेत उल्लेख गर्नुभयो ।

आजबाट आन्दोलन शुरु गरेको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दबाब दिइरहेको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओ‌लीप्रति आक्रोशित देखिएका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि मुलुकमा तानाशाही ल्याउन खोजिएको दाबी गर्नुभयो । अध्यक्ष नेपालले ओ‌लीलाई गणतन्त्र र संघीयताको माया नभएको भन्दै अहिले समाप्त पार्न खोजिएको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई गोमन सर्पजस्तै भएको आरोप लगाउनुभयो । ओलीले मौका पाउँदा सर्पले जस्तै डस्ने खनालको आरोप छ ।

नेता खनालले पार्टी विभाजन नभएको बरु केही व्यक्ति चोइटिएको टिप्पणी गर्नुभयो । रुखका बोक्रा उप्किदैमा सिंगो रुखलाई कुनै असर नपर्ने उहाँको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्