Main News

४१४२ जनामा परीक्षण गर्दा ६०८ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १० गते १६:११
४१४२ जनामा परीक्षण गर्दा ६०८ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

१० पुस २०७७ काठमाडौं । नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५७२०० पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ९२ जना सक्रिय संक्रमित छन्।

४ हजार १४२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ। गत २४ घण्टामा काठमाडौँमा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।

नेपालमा थप ८९२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४८२९२ पुगेको छ । हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्। हाल ३ हजार ९३३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

हाल २९५ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २४९ जना आइसीयु र ४६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *