Main News

सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

हिमालय टिभी
२०७७ पुष १० गते १५:११
सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

१० पुस २०७७ काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतमा सुनुवाइ भइरहेका बेला सर्वोच्च अदालत अगाडि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च क्षेत्र वरपर निषेधित क्षेत्र हो र यहाँ सुरक्षा व्यवस्था कडा छ ।

तैपनि सुरक्षाकर्मीलाई झुक्याउँदै अदालतको ढोकैमा पुगेर नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेका थिए । उनीहरुले ‘असंवैधानिक कदम खारेज गर’ लेखिएको प्लेकार्ड र नेविसंघको झण्डा बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *