Main News

चिसोमा निमोनियाः स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको यस्तो छ सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ८ गते १७:०७
चिसोमा निमोनियाः स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको यस्तो छ सुझाव (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । चिकित्सकका अनुसार प्रत्येक वर्ष जाडोयाममा नेपालमा निमोनियाका बिरामी बढ्ने गरेका छन् । चिसोयाममा सावधानी नअपनाउँदा निमोनियाका कारण हुने मृत्यु हुनेको संख्या पनि बढ्ने गर्छ । त्यसैले चिकित्सकले निमोनियाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार बालबालिकाको मृत्युको धेरै कारणमध्ये निमोनिया शीर्ष स्थानमा पर्छ । त्यस्तै अन्य उमेर समूहका व्यक्तिको मृत्युको कारणमा निमोनिया छैटौँ स्थानमा पर्छ । अरु बेलाभन्दा चिसोमा निमोनियाको समस्या झनै बढ्छ । निमोनियाकै कारण फोक्सोमा असर पर्छ । फोक्सोसँगै मुटु, मृगौलामा असर गर्छ, जस्ले ज्यानै जाने खतरा हुन्छ ।

निमोनिया फोक्सोमा संक्रमण भएर लाग्ने रोग हो । अहिले विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पनि फोक्सोमा नै असर गर्छ । त्यसैले अहिले फोक्सोको अर्थात स्वासप्रस्वास सम्बन्धी समस्या भएका मानिस बढी जोखिममा छन् ।

आँखाले नदेखिने किटाणुबाट अचानक श्वासप्रश्वास प्रक्रियासँग सम्बन्धित अंगमा संक्रमण गर्छ र निमोनिया शुरु हुन्छ । खोकी लाग्नु, काम ज्वरो आउनु, पसिना आउनु, श्वासप्रश्वास छिटोछिटो हुनु र अवरोध देखिनु, मुटुको धड्कन तीव्र हुनु, सास तान्दा छाती दुख्नु, खान मन नहुनु, थकान महशुस हुनु निमोनियाका संकेत हुन् । यस्तो भए तुरुन्तै अस्पताल जान चिकित्सकको आग्रह छ ।

निमोनिया बालबालिका र जेष्ठ नागरिकलाई बढी हुन्छ । बढ्दो प्रदूषण र खानपानका कारण पनि निमोनिया बढिरहेको छ । निमोनियाबाट बच्न बालबालिकालाई ६ महिना पछि र ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई निमोनियाको खोप दिनु अत्यावश्यक छ । ६५ वर्ष नपुगेको भएपनि फोक्सो, मुटु वा कलेजोको गम्भिर रोग भएका व्यक्तिले यो खोप लगाउनु पर्ने हुन्छ ।

जाडोमा मौसम सुख्खा हुने, धुलो बढी उड्ने जस्ता समस्या कारण स्वासप्रश्वासमा असर गर्ने र फोक्सोमा असर गर्छ । चिसो मौसममा आगो बालेर ताप्दा अक्सिजनको मात्रा कम हुँदा निमोनिया भएका व्यक्तिलाई झनै समस्या हुन सक्छ । यो समयमा निमोनियाबाट बच्न ढोका थुनेर आगो वा हिटर नताप्न, धुमपान नगर्न र बालबालिकालाई न्यानोमा राख्न पनि चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *