Main News

अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन सकिने

हिमालय टिभी
२०७७ पुष ८ गते १३:२२
अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन सकिने

८ पुस २०७७ काठमाडौं । आजदेखि अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन सकिने भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सक्ने भएका हुन् । अब एकपटक श्रम स्वीकृति लिएर विदेश गएकाले श्रम स्वीकृतिको नवीकरण सम्बन्धित देशबाटै अनलाइनमार्फत नै गर्न सक्नेछन् ।

त्यस्तै स्वदेश आएका श्रमिकले समेत पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल नगएर देशका जुनसुकै स्थानबाट अनलाइनबाटै लिन सक्नेछन् ।

अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास भइसकेकाले आजदेखि अब जुनसुकै देशबाट सहज रूपमा श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको भनाइ छ ।

त्यस्तै वैदेशिक रोजगारीमा जानेले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाटै बुझाउन सक्नेछन् । यसका लागि सेवाग्राहीले विभागले तोकेका विभिन्न बीमा कम्पनी र पेमेन्ट गेटवेमार्फत भुक्तानी गर्न सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *