अहिले कोरोना भाइरसले पारेको प्रभाव ओझेलमा (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । देशमा भैरहेका विभिन्न घटनाक्रमले अहिले कोरोना भाइरसले पारेको प्रभाव ओझेलमा परेको छ । विज्ञले भने कोरोना कहरलाई नभुल्न र सजगता अपनाउन आग्रह गरेका छन् ।
यतिबेला सडक तातिएको छ । जताततै भिडभाड छ । ठेलमठेल छ । केही दिनअघि कोरोनाको डरले मास्क लगाउनेहरु अब सडकमा उत्रदै माक्स फुकाल्न थालेका छन् । यस्तो भिडमा न नै दूरी कायमै गरिएको छ । कोरोना कहरकैबीचमा भएका यस्तो भिडभाडले चिन्ता बढाएको छ ।
कोरोनाको डरका कारण घरमै बसेकाहरु पनि अहिले राजनीतिक अवस्थाका कारण सडकमा उत्रिएका छन् । यसरी प्रदर्शनमा उत्रनले कोरोना संक्रमणलाई सामान्य ठानिरहेका छन् । अवस्था यस्तै रहे स्थिति नियन्त्रणबाहिर जान सक्ने विज्ञको चेतावनी छ ।
भिडभाडमा एक व्यक्तिबाट धेरै व्यक्तिमा संक्रमण सर्ने सम्भावन प्रवल हुन्छ । कोरोनाको जोखिममा बालबालिका, जेष्ठ नागरिक र गम्भिर रोग भएकालाई गम्भिर असर गर्ने भएकाले आफ्नो परिवारका लागि पनि सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् ।
अहिले कोरोना संक्रमणको दर घटेको छ । तर परीक्षण गरेकोमध्ये १५ प्रतिशत भन्दा बढीमा संक्रमण पाइएको छ । कोरोनाको संक्रमण घटे पनि आइसीयू र भेन्टिलेसनमा राख्नुपर्ने संक्रमितको संख्या उस्तै छ । यो अवस्थामा राजनीतिक प्रदर्शनका नाममा खेंलाची गरिए अवस्था जुनसुकै बेला पनि नियन्त्रणबाहिर जान सक्नेछ ।
प्रतिक्रिया