Main News

संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

हिमालय टिभी
२०७७ पुष ७ गते १८:१९
संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

७ पुस २०७७ काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीलगायतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट बञ्चित भएको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र त्यस सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गर्न निवेदनमा माग गरिएको छ ।

रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । यो रिटमा भोलिका लागि पेशी तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *