Main News

संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता, बुधबारका लागि पेशी तोकियो

हिमालय टिभी
२०७७ पुष ६ गते १७:३५
संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता, बुधबारका लागि पेशी तोकियो

६ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएका छन् ।

हिँजो र आज गरी १३ वटा रिट परेकोमा ११ वटा दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । ती रिटमाथिको पेशी पर्सी बुधबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

सबैजसो रिटमा संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ । सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल समेत, लोकेन्द्रबहादुर ओली र केशरजंग केसी, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल र कृष्णप्रसाद श्रेष्ठले रिट दायर गर्नुभएको छ ।

यीमध्ये सन्तोष भण्डारीको संवैधानिक इजलासमा र अरुको साधारण इजलासमा सुनुवाइ हुनेछ ।

भण्डारीले धारा ७६ को विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद विघटन हुन सक्ने भन्दै अहिले कानूनको शासनको धज्जी उडाउने भावनाबाट प्रेरित भएको र राष्ट्रलाई गहिरो संकटमा लैजाने गरी सरकारले कदम चालेको जिकीर गर्नुभएको छ ।

त्यस्तै अन्य रिटमा प्रधानमन्त्री र राष्ट्रपतिले मनोगत लहडका आधारमा संसद विघटन गरेको, राष्ट्रपति र प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरेको भनी संसद विघटनको निर्णय बदर गर्न माग गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिबाट जारी हुने दुवै कार्य असंवैधानिक रहेको रिटमा जिकीर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *