७४२ जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

६ पुस २०७७ काठमाडौं । नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५४५१४ पुगेको छ । आज देशभर ७ हजार ९७९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९५ पुगेको छ ।
काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप १०७९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४४७४३ पुगेको छ ।
प्रतिक्रिया