Main News
विभिन्न संवैधानिक निकायमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ नहुने
२०७७ पुष ५ गते १८:३१

५ पुस २०७७ काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ नहुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाई नहुने भएको हो ।
सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाइका लागि संसद सचिवालयमा आयुक्तहरुको नाम सिफरिस भए पनि समितिको अस्तित्व नभएका कारण सुनुवाई नहुने बताउनुभयो ।
प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त समिति भए पनि प्रतिनिधिसभा विघटन भएकाले बैठक बस्न नसक्ने उहाँको भनाइ छ । विभिन्न संवैधानिक आयोगहरुमा ४५ जनाको नाम सिफरिस भएको छ ।
प्रतिक्रिया