Main News

प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध नेकपा कार्यकर्ताको प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ५ गते १७:४५
प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध नेकपा कार्यकर्ताको प्रदर्शन (भिडियोसहित)

५ पुस २०७७ काठमाडौं । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘गैर संवैधानिक कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’, ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नारबाजी गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *