Main News

संसद विघटनअघि नै अविश्वास प्रस्ताव दर्ता भएको खुलासा

हिमालय टिभी
२०७७ पुष ५ गते १७:३५
संसद विघटनअघि नै अविश्वास प्रस्ताव दर्ता भएको खुलासा

५ पुस २०७७ काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सिफारिस गरेको पुष्टि भएको छ ।

नेकपा अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड, माधव नेपाल पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव तयार पारेको सूचना बालुवाटारमा पुगेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो ।

अविश्वास प्रस्तावमा प्रधानमन्त्री सम्पूर्ण रुपमा असफल भएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर निवेदन दर्ता गरिएको थियो ।

अविश्वास प्रस्ताव संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा दर्ता भएको थियो । त्यहीबेला मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *