Main News

संसद विघटनपछि वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

हिमालय टिभी
२०७७ पुष ५ गते १३:२३
संसद विघटनपछि वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ मा चुनाव गर्ने प्रस्ताव राख्नुभएको हो ।

तर राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अहिलेसम्म अनुमोदन गर्न बाँकी छ।

यसअघि मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ ।

बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको थियो ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *