Main News

भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान

हिमालय टिभी
२०७७ पुष ५ गते ८:५८
भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान

५ पुस २०७७ काठमाडौं । उत्तर–पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ ।

यस वर्ष जाडो शुरु भएयता काठमाडौँको सबैभन्दा कम अस्तिको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको थियो । तर चिसो अस्तिभन्दा हिजो बढेको महशुस गरिएको छ ।

भोलिसम्म चिसो झन् बढ्ने र त्यसपछि क्रमशः कम हुँदै जाने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

चिसोको समयमा खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरीलाई समस्या हुुने भन्दै चिकित्सकहरूले सचेत रहन भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *