Main News
७१० जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु
२०७७ पुष ४ गते १६:१५

४ पुस २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
आज ७ सय १० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ ।
चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म १८ लाख ६६ हजार २१० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशमा हाल आठ हजार ८ सय ४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो पटक एक हजार १७५ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४२ हजार ५६७ जना निको भइसकेका छन् ।
प्रतिक्रिया