Main News

टीकापुर घटनामा रेशम चौधरीसहित सबैलाई जिल्ला अदालतकै जन्मकैद सदर

हिमालय टिभी
२०७७ पुष ३ गते ७:२०
टीकापुर घटनामा रेशम चौधरीसहित सबैलाई जिल्ला अदालतकै जन्मकैद सदर

३ पुस २०७७ काठमाडौं । उच्च अदालत दिपायलले नौ जनाको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनामा मुछिएका रेशम चौधरीसहित सबैजनालाई जिल्ला अदालतकै फैसला अनुसार जन्मकैदको फैसला सुनाएको छ ।

उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । यसअघि कैलाली जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरिदिएको हो ।

उच्च अदालतले, यसअघि ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि जन्मकैदको सजाय तोकेको छ। जिल्ला अदालत कैलालीले लक्ष्मण चौधरीलाई तीन वर्षको सजाय फैसला गरेको थियो । उनी तीन वर्षभन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । रेशम चौधरीसहितका ५८ जनाकाविरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरीका मुद्दा दिएका थिए ।

रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए। सार्वजनिक भए पनि जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

घटनामा रेशमसहित हरि नारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डँगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

रेशम चौधरी चुनाव जितेपछि मात्रै पक्राउ परेकाले उनी २०९४ साल फागुन १३ गते र अरु सबै जना २०९२ सालको भदौदेखि चैतको विचमा मात्र जेलमुक्त हुनेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *