Main News

आजबाट हट्यो काठमाडौं उपत्यकामा यातायातमा लगाइएको जोरबिजोर प्रणाली

हिमालय टिभी
२०७७ पुष ३ गते ६:५०
आजबाट हट्यो काठमाडौं उपत्यकामा यातायातमा लगाइएको जोरबिजोर प्रणाली

३ पुस २०७७ काठमाडौं .। सरकारले कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली आजबाट हटाइएको छ ।

सर्वसाधारणको चहलपहल बढेसँगै सार्वजनिक यातायातका साधनमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाइएको हो। सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर यातायातका साधन सञ्चालन खुला गरेको थियो। तर सडकमा चाप पर्न नदिन जोरबिजोर प्रणाली भने कायमै राखिएको थियो ।

पछिल्लो समय यातायातकर्मी र व्यवसायीले मात्र नभएर यात्रुले पनि यो प्रणाली हटाउन माग गर्दै आएका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएको थियो। सोही अनुसार जोरबिजोर प्रणाली आजबाट लागु हुनेगरी हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले जानकारी दिनुभयो। ‘

यसअघि लामो समयदेखि सरकारी निकायहरूले जोरबिजोर प्रणाली व्यवस्थित गराउन नसक्दा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेर उल्टै कोभिड १९ को संक्रमण बढ्ने जोखिम थपिएको थियो।

गृह मन्त्रालयले गत साउन २२ गतेदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *