Main News

उखु किसानद्वारा आज पनि माइतीघर मण्डलामा प्रदर्शन

हिमालय टिभी
२०७७ पुष १ गते १७:१६
उखु किसानद्वारा आज पनि माइतीघर मण्डलामा प्रदर्शन

१ पुस २०७७ काठमाडौं । उखुको भुक्तानी माग्दै आन्दोलनरत उखु किसानले माइतीघर मण्डलामा आज पनि प्रदर्शन गरेका छन् ।

सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आइतबारदेखि दिनहुँ माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । उनीहरु आज हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए ।

सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइ दिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् । मन्त्रालयले पोहोर माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो ।

तर पनि उद्योगीहरुले एकवर्ष सम्म पैसा नदिएपछि काठमाडौं आएर फेरी आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।

सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरुले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्तामा बोलाए पनि किसान सरकार र उद्योगीहरुबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उखु किसानले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *