Main News

५५५५ जनामा परीक्षण गर्दा ७३६ जनामा कोरोना पुष्टि, थप १३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १ गते १६:३५
५५५५ जनामा परीक्षण गर्दा ७३६ जनामा कोरोना पुष्टि, थप १३ जनाको मृत्यु

१ पुस २०७७ काठमाडौं । नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५०९१६ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्।

पछिल्लो समय ५५५५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ।

काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप ८४७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९४१६ पुगेको छ ।

हाल देशभर ३ सय ४८ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २ सय ८९ जना आइसीयु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *