Main News

राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग

हिमालय टिभी
२०७७ पुष १ गते १३:१७
राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग

१ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले यस्तो माग गरेको हो ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको आरोप लगाएको छ ।

तरुण दलले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न माग गरेको छ ।

तरुण दलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशमा टेकेर तत्काल कुनै पनि निर्णय नगर्नसमेत अनुरोध गरेको छ । अध्यक्ष बस्नेतले माउ पार्टी नेपाली कांग्रेसले सुरु गरेको सडक संघर्ष अब अझै सशक्त हुने समेत बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *