Main News

अध्यादेशपछिको संवैधानिक परिषद् बैठकमा पदाधिकारी नियुक्तिबारे छलफल

हिमालय टिभी
२०७७ पुष १ गते ६:१२
अध्यादेशपछिको संवैधानिक परिषद् बैठकमा पदाधिकारी नियुक्तिबारे छलफल

१ पुस २०७७ काठमाडौं । विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठकमा छलफल भएको छ ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी एवं सदस्यको नियुक्तिबारे छलफल गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

हिजो बिहान बस्ने भनिएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि साँझका लागि सारिएको थियो । त्यसअगावै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *