Main News

प्रधानमन्त्रीको अनुकुलताका लागि राष्ट्रपतिले आज जारी गरेको अध्यादेशमा के छ ?

हिमालय टिभी
२०७७ मंसिर ३० गते १५:०६
प्रधानमन्त्रीको अनुकुलताका लागि राष्ट्रपतिले आज जारी गरेको अध्यादेशमा के छ ?

३० मंसिर, २०७७ काठमाडौं । सरकारले बहुमतका आधारमा संवैधानिक निकायमा नियुक्ति सिफारिस गर्न सक्ने गरी अध्यादेश ल्याएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।

आज बिहान सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद् बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएर अध्यादेश ल्याउने निर्णय गर्नुभएको हो ।

बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको जनाइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख गरी छ जना रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि अब संवैधानिक परिषदका बहुमत सदस्य अर्थात ३ जना उपस्थित भएमा बैठक बस्न सक्नेछ । र ती तीन जनाको पनि बहुमत अर्थात २ जनाको सहमतिमा पनि निर्णय गर्न सकिने छ ।

यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भए मात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो । परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भए मात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *