Main News

प्रधानमन्त्रीलाई आफू अनुकुल निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

हिमालय टिभी
२०७७ मंसिर ३० गते १४:२३
प्रधानमन्त्रीलाई आफू अनुकुल निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

३० मंसिर, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी जारी गर्नु भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नु भएको हो ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई आफू अनुकुल निर्णय गराउन बाटो खोल्न अध्यादेश जारी भएको बताइएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् ।

संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। नयाँ जारी भएको अध्यादेश राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन आउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *