Main News

वर्तमान राजनीतिक व्यवस्थाको भविष्य स्थानीय तहको काममा निर्भरः मन्त्री त्रिपाठी

हिमालय टिभी
२०७७ मंसिर २९ गते १९:०१
वर्तमान राजनीतिक व्यवस्थाको भविष्य स्थानीय तहको काममा निर्भरः मन्त्री त्रिपाठी

२९ मंसिर, २०७७ काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले वर्तमान राजनीतिक व्यवस्थाको भविष्य स्थानीय तहको काममा निर्भर रहेको बताउनुभएको छ ।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले आज गरेको कार्यक्रममा मन्त्री त्रिपाठीले अहिलेको व्यवस्थालाई सफल बनाउने कि औचित्यहीन बनाउने भन्ने जिम्मा स्थानीय तहको भएको बताउनुभयो । कोभिडको समयमा स्थानीय तहले गरेको कामबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीको भनाई छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलो मुक्त र हिलो मुक्त बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

महानगरपालिकाले २०५२ साल मंसिर २९ गते महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *