Main News

संसदलाई कमजोर नठान्न सभामुख सापकोटाको चेतावनी

हिमालय टिभी
२०७७ मंसिर २८ गते १८:४६
संसदलाई कमजोर नठान्न सभामुख सापकोटाको चेतावनी

२८ मंसिर, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ ।

१४औं संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले प्रधानमन्त्री र राष्ट्रपतिसमेत चयन गर्ने ठाउँलाई कमजोर नठान्न चेतावनी दिनुभएको हो । राज्यका विभिन्न अंगमध्ये संसदको भूमिका ठूलो हुने सभामुखको दावी छ ।

सरकारले संसदीय समितिका निर्देशन अवज्ञा गरिरहेका बेला सभामुख सापकोटाको आक्रामक प्रतिक्रिया आएको हो । संसद सञ्चालनको वर्तमान शैलीप्रति पनि सभामुख सापकोटाले घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गर्नुभयो ।

संसदलाई औपचारिक र परम्परागत ढंगले चलाइएको भन्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । पुस १८ गतेभित्र अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यता भन्दै अबको अधिवेशन नयाँ ढंगले चलाउने पनि सभामुख सापकोटाले दावी गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना कहर बाँकी नै रहेको अवस्थामा विधेयक अधिवेशन सञ्चालन गर्न निकै चुनौतिपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा संसद सचिवालयका उपसचिव कमला शाक्यलाई सर्वोत्कृष्ट संसद सेवा पुरस्कारबाट सम्मान गरियो । अरु केही कर्मचारीलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *