Main News

नेकपाभित्रैबाट सरकारलाई असफल पार्ने प्रयास भयोः मन्त्री गुरुङ

हिमालय टिभी
२०७७ मंसिर २८ गते १८:३९
नेकपाभित्रैबाट सरकारलाई असफल पार्ने प्रयास भयोः मन्त्री गुरुङ

२८ मंसिर, २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट सरकारलाई असफल पार्ने प्रयास भैरहेको आरोप लगाउनुभएको छ ।

नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री गुरुङले नामै नलिई कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालमाथि कटाक्ष गर्नुभएको हो ।

नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले विदेशीसँगै पार्टी भित्रैबाट सरकार असफल पार्न खोजिएको टिप्पणी गर्नुभयो ।

सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति शुरु हुन नसकेको पनि उहाँको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *