Main News

५९९४ जनामा परीक्षण गर्दा ८३० जनामा कोरोना पुष्टि, थप ९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २८ गते १६:२६
५९९४ जनामा परीक्षण गर्दा ८३० जनामा कोरोना पुष्टि, थप ९ जनाको मृत्यु

२८ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४८४२३ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ५ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पीसीआर परीक्षण भएको छ।

काठमाडौं १५० महिला र १९८ पुरुष गरी ३४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यृु हुनेको संख्या १६९८ पुगेको छ।

देशभर हाल ३ सय ४६ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २ सय ९४ जना आइसीयु र ५२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा थप १५०० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३५७३१ पुगेको छ। हाल क्वारेन्टाइनमा ५१६ रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *