Main News

बक्यौता रकम नपाएपछि काठमाडौं केन्द्रित आन्दोलनमा सर्लाहीका उखु किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २८ गते १३:१३
बक्यौता रकम नपाएपछि काठमाडौं केन्द्रित आन्दोलनमा सर्लाहीका उखु किसान (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तरगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो व्यथा सुनाउने किसानको तयारी छ ।

माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । सरकारले किसानसँग गरेको पटक–पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नुपर्ने भएपनि एक वर्षमा कुनै प्रगति नभएको उनीहरुको गुनासो छ ।

उनीहरुले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर माग राखेका थिए । तर, पैसा नपाएको उनीहरुले बताएका छन । चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ ।

सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई दिन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *