Main News

अनावश्यक चिन्ताले मानसिक स्वास्थ्यमा गम्भीर असर, यस्तो छ बच्ने उपाय (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २७ गते १६:४८
अनावश्यक चिन्ताले मानसिक स्वास्थ्यमा गम्भीर असर, यस्तो छ बच्ने उपाय (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । अनावश्यक रुपमा चिन्ता लिने हुँदा मानसिक स्वास्थ्यमा असर पुग्ने गरेको छ । र चिन्ताकै कारण पछिल्लो समयमा मानसिक रोगीको संख्या बढिरहेको छ । धेरै चिन्ता लिएर मानसिक स्वास्थ्यमा असर पर्नबाट जोगिन के के गर्ने त ?

बालबालिका, युवा, वृद्ध सबै उमेर समूहका व्यक्तिको मनमा केही न, केही चिन्ता छ । कोही सम्बन्ध बिग्रिएकाले चिन्तित छन्, कोही भनेजस्तो जागिर नपाइने हो कि भन्ने चिन्तामा छन् ।

कोही परिवारको साथ र सहयोग नपाउँदा चिन्तामा छन् त कोही आर्थिक अभावले गर्दा चिन्तामा छन् ।

जिन्दगीको विषयमा सामान्य चिन्ता लिनु त ठिकै हो । तर धेरै चिन्ता र फिक्रीले गर्दा मानसिक स्वास्थ्यमा असर पुगिरहेको हुन्छ।

कतिपयलाई आफूले सोचेको जस्तो नहुँदा, जीवनमा आउने आरोह, अवरोहलाई सामान्य रुपमा लिन नसक्दा पनि मानसिक रुपमा विक्षिप्त हुने खतरा हुन्छ । त्यसैले हार, जीत, अभाव सबै परिस्थितिलाई सामान्य रुपमा लिने क्षमता बनाउनु नै चिन्ताबाट जोगिने उपाय हो ।

परिवारले भनेको जस्तो नहुँदा, भनेजस्तो काम गर्न नसक्दा, कमाइ राम्रो नहुँदा युवाले परिवारबाटै पनि दबाब भोगिरहेका हुन्छन् । राम्रो काम गर, राम्रो पैसा कमा भनेर दिइने दबाबबाट युवामा यातना महशुस भएको हुन सक्छ । त्यसैले परिवार, साथीसंगी, आफन्तहरु नै सही बाटो देखाउने व्यक्ति बन्नु पर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नुको कारणमध्ये मानिसक स्वास्थ्य समस्या ७ औं नम्बरमा छ । तर सन् २०३० सम्म, आत्महत्या हुन कारणमध्ये मानसिक स्वास्थ्य दोस्रो कारण हुन सक्ने आँकलन छ । यो आँकलनलाई गलत ठहर्‍याउन एकअर्काको सारथी बन्नुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *