Main News

कलंकी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, तीन जनाको अवस्था गम्भीर

हिमालय टिभी
२०७७ मंसिर २७ गते ७:१२
कलंकी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, तीन जनाको अवस्था गम्भीर

२७ मंसिर, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

शुक्रबार साँझ नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको थियो ।

दुर्घटनामा ओखलढुंगाका करिव ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ। दुर्घटनामा घाइते भएका रञ्‍जित कुमार चौधरीको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका सुजन मानन्धर, बानेश्‍वरका विशाल श्रेष्ठ र कास्कीका सन्ध्या थिङ रहेका छन । गणेश शर्मा, साजन खत्रीको भने ठेगाना खुल्न सकेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *