Main News
गैंडाको खागसहित काठमाडौंबाट पाँच जना पक्राउ
२०७७ मंसिर २६ गते १८:४८

२६ मंसिर, २०७७ काठमाडौं । गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट ५ जनालाई पक्राउ गरेको छ ।
गैडाको खाग अवैध कारोबार भएको सूचना पाएर स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले खागसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका झोँछेका रिकेश शाक्य, सुरेश शाक्य, अनिल श्रेष्ठ, नुवाकोटका रामसिंह तामाङ र मुना तामाङ छन् ।
पक्राउ परेका व्यक्ति र बरामद गैंडाको खागलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया