Main News

दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो

हिमालय टिभी
२०७७ मंसिर २६ गते ९:५१
दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो

२६ मंसिर, २०७७ कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका थिए ।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंका चालक दाङ राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए ।

प्रहरीको कुटाइबाट यादवको ज्यान गएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय दुम्किवासमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले भने भाग्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको बताएको छ ।

प्रहरीले अहिले प्रदर्शनकारीलाई हटाएर राजमार्ग खुलाएको छ । स्थानीयवासीले घटनाको छानबिनको माग राखेका छन् । मृतक यावदको शव भरतपुरमा रहेको छ ।

शवको परीक्षण गरिने र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो । स्थानीयवासीले घटनाको छानबिन गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए पुनः आन्दोलन गर्ने बताएका छन् । तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *