Main News

डिआइजी पोखरेल एआइजीमा बढुवा

हिमालय टिभी
२०७७ मंसिर २६ गते ६:३५
डिआइजी पोखरेल एआइजीमा बढुवा

२६ मंसिर, २०७७ काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो ।

अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *