नेपाल–भारतबीच हवाई उडान खुल्यो, सरकारी एयरलाइन्सलाई मात्र अनुमति

२५ मंसिर, २०७७ काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ ।
नेपालको एउटा र भारतको एउटा गरी दुई वटा विमान कम्पनीलाई उडान भर्न दिने नेपालको प्रस्ताव भारतले स्वीकार गरेसँगै उडानका लागि बाटो खुलेको हो । जस अनुसार नेपाल एयरलाइन्स र एयर इन्डियाले काठमाडौंबाट भारतको राजधानी दिल्लीका लागि नियमित उडान भर्ने छन् ।
उडान शुरु गर्ने मिति भने एयरलाइन्सले नै तय गर्ने छन् ।उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित नेपाल(भारत यात्रा गर्न सक्ने छन् ।
नेपाल आउनेले यात्रा थाल्नु अगाडि नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने छ ।
यस्तै जहाज काठमाडौं उत्रिदा ७२ घण्टा नकटेको कोरोना परिक्षण नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र आउन पाउने छन् ।कोरोना संक्रमणका कारण उडान रोकिएको थियो ।
प्रतिक्रिया