फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टीबीच एकता, यस्तो छ केन्द्रीय समिति (भिडियोसहित)
२४ मंसिर, २०७७ काठमाडौं । फुटेको झण्डै २ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा राखिएको छ ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गर्नुभयो । नवगठित पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे हुनुहुन्छ ।
पार्टीको चुनाव चिन्ह तराजु रहने लगायतका विभिन्न सहमति भएको छ । कोरोनाका कारण भर्चुअल माध्यमबाट पार्टी एकता घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझालाई निर्विकल्प पार्टी बनाउने दाबी गर्नुभयो ।
१ सय ३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५र६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३र१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
पार्टीका संरचना गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।
२०७४ साउन ११ गते दुई पार्टीबीच एकता भए पनि २०७५ पुष २७ मा विभाजन भएको थियो । उपाध्यक्ष अजिता राईसहित विवेकशीलका १३ जना नेता भने एकता प्रक्रियामा सहभागी भएका छैनन् ।
एकीकरणका प्रमुख बुँदाहरू:
१. एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।
२. एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।
३. एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।
४. एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्।
५. एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।
६. एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ।
७. सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।
८. पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ।
९. एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप हुनेछ।
१०. एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ।
वर्णानुक्रमका आधारमा बाँकी केन्द्रीय सदस्यको नामावली:
नवघोषित पार्टीको केन्द्रीय सदस्यमा अनिल भेटवाल, अनुपमान सैँजु, अनुपा श्रेष्ठ, डा अनुशा थापा, अब्दुस मिया, अमलेश कर्ण, अनिमेश कुमार मिश्र, अमृत पुडासैनी, अमृता थपलिया, अर्जुन खनाल, आशिष रेग्मी जोशी, आशुतोष तिवारी, आशुतोष प्रधान, ईन्दिरा काफ्ले, ईन्दिरा शर्मा वाग्ले, डा उमेद पुन, कमलेश्वर प्रसाद पाठक, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, कीर्ति तुलाधर, कुसुम घिमिरे, कृष्णप्रसाद भट्टराई, केशब दाहाल, केशव मल्ल, गेहेन्द्र दाहाल, गोपाल हमाल, घनबहादुर शाह, घनश्याम विश्वकर्मा, चन्डिका तिमिल्सिना, चिरञ्जीवी बराल, जगन्नाथ काफ्ले, जमुना बन, जमुना शर्मा, जमुना सुबेदी, जीवन ढकाल, तारा काफ्ले, तृष्णा भण्डारी, दिपक प्रसाद उप्रेती, दिव्येश गिरी, दीपक पौडेल, दीपा अर्याल, दुज्जी चौधरी, दुर्गा ताजपुरिया, धनपति महतो, नवराज थापा, निरूपमा यादव, निर्देश सिलवाल, पवन मल्ल, पवित्रा थापा, पुकार बम, पुरुषोत्तम ढुङ्गेल, पुष्पा सापकोटा, प्रकाश आचार्य, प्रकाशचन्द्र परियार, प्रतिभा डङ्गोल, प्रदीप थापा, प्रमेश श्रेष्ठ, प्रेम केसी, बसन्ती रोकाया, भरतराज पन्त, भिमप्रसाद अधिकारी, भूपदेव शाह, भूपेन्द्र वस्नेत, मधुसुदन केसी, मधुसूदन पाठक, मनिस खनाल, महेन्द्रकुमार थापा, महेश पाठक, महेश भण्डारी, मुरलीमनोहर मिश्र, यम नारायण खनाल, रजनी केसी, रजिया बानु, रन्जु दर्शना, रमेश पौड्याल, रमेश महर्जन, रमेश विष्ट, डा राजेन्द्र पंगेनी, राज्यलक्ष्मी श्रेष्ठ, राधिका भट्ट, राम तपस्या साह, राम सोरागथ शर्मा, रामपुकार महरा, रेवतीरमण सुवेदी, रोशनी अधिकारी, रोहित क्षेत्री, लक्ष्मी घिमिरे, लक्ष्मी शाही, विकल शेरचन, विकु लामा, विना शाह, विमल तामाङ, विमला बुढा मगर, विराजभक्त श्रेष्ठ, वृतान्त खनाल, शरण कार्की, शरदराज पाठक, शारदा रिजाल, शिशिर बन्जारा, शोभा शाक्य, श्रीकृष्ण श्रेष्ठ, संगीता श्रेष्ठ, संजय बराल, सचेन घले, सञ्जीव भट्टराई, समाइरा श्रेष्ठ, समिक्षा बास्कोटा, समुन्द्र केसी, सरला लामिछाने, सरस्वती पन्थी भुषाल, सरोज गौतम, सस्मित पोखरेल, साहारा चपाई, सिर्जना खड्का, सुदन मानन्धर, सुमनकुमार मिश्रा, सुमित्रा गुरुङ, सुमित्रासिँह लामा, सुरज प्रधान, सुरेश भट्ट, सुवुना बस्नेत, सुशील देवकोटा, सुशीला केसी अधिकारी, हरिकृष्ण अधिकारी, हरिकृष्ण श्रेष्ठ, हरिप्रसाद गौतम, हरीशप्रसाद भट्ट र हिरामणी पौडेल रहेका छन् ।
प्रतिक्रिया