६२८६ जनामा परीक्षण गर्दा १०५६ जनामा कोरोना पुष्टि, थप १४ जनाको मृत्यु

२४ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४४४३३ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पीसीआर परीक्षण भएको छ।
काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुष गरी ४९६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ९१ हजार ५७७ जना संक्रमित भएका छन्, जसमध्ये ४२८ जनाको मृत्यु भएको छ।
नेपालमा थप १४८३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३०५३७ पुगेको छ।
प्रतिक्रिया