Main News

८९४७ जनामा परीक्षण गर्दा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि, थप २३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २३ गते १६:२६
८९४७ जनामा परीक्षण गर्दा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि, थप २३ जनाको मृत्यु

२३, मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ जनामा परीक्षण गर्दा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३३७७ पुगेको छ। आज देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको कोरोना परीक्षण हुँदा १३८२ जनामा संक्रमण पुष्टि भएको हाे । जसमा महिला ५४६ र पुरुष ८३६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ४ हजार ८७७, ललितपुरमा ९९२ र भक्तपुरमा ४५० सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं र ललितपुरमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका हुन् । यस्तै कास्कीमा ९७, सुनसरीमा ७५, चितवनमा ६९, कैलालीमा ६२, माेरङमा ५५ र रुपन्देहीमा ५१ संक्रमित थपिएका छन् ।

नेपालमा थप १६२१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२९०५४ पुगेको छ।

नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय १२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन् ।

नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ । यस्तै संक्रमितमध्ये १६३७ अर्थात ०.६७ प्रतिशत निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *