Main News

जग्गा कित्ताकाटसम्बन्धी मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

हिमालय टिभी
२०७७ मंसिर २३ गते १३:१५
जग्गा कित्ताकाटसम्बन्धी मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

२३ मंसिर, २०७७ काठमाडौं । सर्वोच्च अदालतले जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा आज फैसला सुनाउने तयारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोजकुमार शर्माको इजलाशले यसअघि सुनुवाइ समाप्त गरेर फैसलाका लागि मिति तोकेको थियो।

प्रधानन्यायाधीश राणा र न्यायाधीश शर्माको इजलाशले रिट निवेदनमाथि कात्तिक १७ गते सुनुवाइ सकेको थियो । आज हुने फैसलाले आगामी दिनमा जग्गाको कित्ताकाट खुल्ने वा नखुल्ने निर्धारण हुने छ।

सर्वोच्चले सरकारको निर्णय सदर गरेमा कित्ताकाट खुला हुनेछ भने बदर गरे नियमावली नबनाएसम्मका लागि कित्ताकाट रोकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *