Main News
राजावादीको प्रदर्शनबारे छलफल गर्न प्रधानमन्त्रीले भोलिका लागि बोलाए सर्वदलीय बैठक
२०७७ मंसिर २२ गते १३:०८
२२ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो परिस्थितिबारे छलफलका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।
देशको पछिल्लो राजनीतिक अवस्थाकाबारे साझा धारणा तय गर्नका लागि भोलि सर्वदलीय बैठक बोलाइएको हो ।
केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने बताइएको छ ।
कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।
प्रतिक्रिया