Main News

कूटनीतिक क्षेत्रमा सरकारले २ वर्षमा के के गर्‍यो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २१ गते २०:५८
कूटनीतिक क्षेत्रमा सरकारले २ वर्षमा के के गर्‍यो ? (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । सरकारले पछिल्ला दुई वर्षमा कूटनीतिक क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले गरेका उपलब्धीलाई प्रतिवेदनमार्फत सार्वजनिक गरेको हो । नेपालको परराष्ट्र्र नीतिको एकीकृत दस्तावेज तयार पार्नेसहितका यो दुई वर्षमा केके उपलब्धी हाँसिल गरेछ त ?

भारतले मिचेको लिम्पियाधुरासहितको जमिन समावेश गरेर सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यो नक्सा जारी गरेपछि भारतसँगको सम्बन्ध बिग्रिएको थियो । तर सरकारले नक्सा जारी गर्ने कामलाई उपलब्धि मान्दै भारतसँग सम्बन्ध सुधार भएको दावी गरेको छ । नेपाल–भारत सीमाको डिमार्केसन सम्बन्धी कार्य अगाडी बढाउने पहल भएको छ ।

यस्तै परराष्ट्र मन्त्रालयले निकालेको प्रतिवेदनमा चीनसँगको सम्बन्ध ऐतिहासिक भएको दावी गरिएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र त्यस क्रममा भएका महत्वपूर्ण सम्झौता र समझदारीपत्रलाई सरकारले उपलब्धी मानेको छ ।

भारतको मोतिहारीदेखि रक्सौलसम्मको पेट्रोलियम पाइप लाइनको निर्माण र एकीकृत भन्सार जाँच चौकीको निर्माण पनि उपलब्धीका रुपमा प्रतिवेदनमा उल्लेख छ ।

फ्रान्स, नर्वे र फिलिपिन्सँग दुईपक्षीय परामर्श संयन्त्रको निर्माण र अन्य आठ मुलुकसँग परामर्श संयन्त्रको बैठक बसेको भन्दै सरकारले विकास साझेदार मुलुक र अन्य संस्थासँग अझ गहकिलो इनगेजमेन्ट भएको जनाएको छ ।

दुई वर्षको बिचमा सेन्ट लुसिया र घानासँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ र योसँगै कूटनीतिक सम्बन्ध भएका मुलुकको जम्मा संख्या १ सय ६८ पुगेको छ । अष्ट्रेलिया, इन्डोनेसिया, लाओस, म्यान्मार, पाकिस्तान, फिलिपिन्स र साइबेरियासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष गाँठमा विभिन्न कार्यक्रम भएका छन् ।

नेपालले राष्ट्रसंघ, असंलग्न आन्दोलन, सार्क, बिमस्टेक, एससिएओ, एसिडी र विश्व व्यापार संगठनमा सक्रिय सहभागिता जनाएको भन्दै मन्त्री ज्ञवालीले राष्ट्रसंघको शान्ति स्थापना कार्यमा निरन्तर सहभागिता जनाएको बताउनुभयो ।

राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यको रुपमा विश्वव्यापी मानव अधिकारको प्रवर्द्धनमा नेपालले भूमिका खेलेको छ । विश्व व्यापार संगठनको एकीकृत फ्रेमर्वको वोर्ड सदस्यमा नेपाल नियुक्त भएको छ ।

कोरोना संक्रमणपछि विभिन्न देशमा रहेका अप्रवासी कामदारलाई प्रभावकारी कन्सुलर सेवा प्रदान गरेको भन्दै सरकारले नेपाली कामदारको घर फिर्तीको कार्यमा सहजीकरण गरेको दाबी पनि गरेको छ । एसियामा आप्रवासी कामदार पठाउने मुलुकहरुको चासो रक्षाका लागि कोलम्बो प्रोसेसको नेतृत्व र सक्रियता तथा आइएलओको गर्भनिङ बडीको डेपुटी सदस्यको रुपमा आप्रवासी कामदारको रक्षाको लागि महत्वपूर्ण भूमिका खेलिएको सरकारो दाबी छ ।

योबीचमा नेपाल न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ युएनजीएको सेकेन्ड कमिटीको अध्यक्षको रुपमा नियुक्त भएको छ । नार्कोटिक ड्रग्स आयोगको सदस्यको रुपमा सन् २०२०९२३ को कार्यकालका लागि नियुक्त भएको छ । सगरमाथा संवाद आयोजना गर्न आधारभूमि तयार गर्ने गरेको, ब्रेन ग्रेन सेन्टरलाई सवलीकरण गरको सरकारको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *