Main News

बुटवलको मिलनचोकमा गोली चल्यो, एक जना घाइते, दुई जना पक्राउ

हिमालय टिभी
२०७७ मंसिर २१ गते १२:५२
बुटवलको मिलनचोकमा गोली चल्यो, एक जना घाइते, दुई जना पक्राउ

२१ मंसिर, २०७७ बुटवल । बुटवलको मिलनचोकमा रहेको कलश होटेलमा गोली चल्दा एक जना घाइते भएका छन् ।

चिउँडोमा गोली लागेका घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको छ । होटलमा चार जना बसेकोमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना फरार छन् ।

गोली लागेर काठमाडौं वसन्तपुरका राकेश न्यौपाने घाइते भएका छन् । त्यस्तै भक्तबहादुर थापा र कर्ण बहादुर राउत पक्राउ परेका छन् । उनीहरुको ठेगाना खुल्न सकेको छैन ।

उनीहरुको साथबाट गैंडाको एउटा खाग नियन्त्रणमा लिइएको छ । होटलमा खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताउनुभयो ।

सादा पोशाकमा होटल पुगेको प्रहरी टोलीमाथि प्रहरीकै पेस्तोल खोसेर चलाउन खोज्दा गोली लागेर न्यौपाने आफै घाइते भएको नायब उपरीक्षक राठौरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *