Main News

ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउन शुरु गर्ने

हिमालय टिभी
२०७७ मंसिर २१ गते ९:५६
ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउन शुरु गर्ने

२१ मंसिर, २०७७ ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउने भएको छ ।

जताततै लत्रिएको अलपत्र तारका कारण शहरलाई कुरुप बनाएको भन्दै तार हटाइने महानगरपालिका अन्तर्गतको नगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले बताउनु भएको छ ।

त्यस्तै दुर्घटना र आगलागीका घटना पनि बढाएकाले अव्यवस्थित तारलाई हटाइने छ । मन्दिर नै मन्दिरको ललितपुर शहर तारका कारण कुरुप बनिरहेको उनको भनाइ छ ।

त्यस्तै अब महानगरपालिका यस्ता तार राख्न ट्यागलाई अनिवार्य गर्ने र नियम अटेर गर्नेलाई कारबाही गर्ने वहाँको भनाइ छ ।

ललितपुर नगर प्रहरीले यसअघि शहरी सौन्दर्य बढाउन होर्डिङ बोर्ड हटाउने अभियान थालेको थियो । साढे दुई महिना लगाएर महानगरभित्रका होर्डिङबोर्ड हटाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *