Main News

हरेक दिन कोरोना संक्रमितको बेडमा पुग्ने सीडीओ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते १९:३६
हरेक दिन कोरोना संक्रमितको बेडमा पुग्ने सीडीओ (भिडियोसहित)

२० मंसिर, २०७७ बाँके । कोरोना संक्रमणको असर उस्तै छ । अस्पतालमा सिकिस्त बिरामी छन् । बिरामीका समस्या बुझ्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ संक्रमितको बेडसम्मै पुग्ने गर्नुभएको छ । यो क्रम एक महिना यता निरन्तर चलिरहेको छ ।

संक्रमण फैलिने भएकाले संक्रमित व्यक्तिको नजिक जान र उसलाई हेरचाह गर्न जो कोही पनि डराउँछन् । कतिपय संक्रमितले त अस्पतालमा डाक्टर नर्सको अनुहार नै नदेखेको गुनासो पनि गर्दै आएका छन् ।

तर बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भने कोरोना संक्रमितलाई भेट्न र उनीहरुको हौसला बढाउन अस्पतालका बेडसम्म पुग्ने गर्नुभएको छ । कोरोना संक्रमणबाट मुक्त भइसकेकाले उहाँलाई जोखिम कम छ । त्यसैले उहाँ डर नमानी बिरामी भेट्न बेडसम्म पुग्नुहुन्छ ।

पीपीई सेट लगाएर वार्ड आएको देखेर बिरामीले उहाँलाई डाक्टर साब नमस्कार भन्छन् । तर कुरुम्बाङले आफू डाक्टर नभइ सीडीओ भएको भन्दै समस्या बुझ्न आएको भनेपछि बिरामी खुशी हुँदै समस्या सुनाउँछन् ।

स्थानीय प्रशासनलाई सरकारले कोरोना संक्रमितको व्यवस्थापन र उपचारमा सहजीकरण गर्ने जिम्मेवारी दिएको छ । कोरोना संक्रमणमुक्त भएपछि उहाँलाई यो जिम्मेवारी पुरा गर्न अझ सहज भएको छ । कुरुम्वाङकै अग्रसरतामा नेपालगञ्जका विभिन्न अस्पतालमा कोरोना समेत स्थापना गरिएको छ । एकजना प्रशासकको सक्रियताले कोरोना संक्रमण नियन्त्रणमा ठुलो भूमिका खेल्न सक्छ भन्ने कुरुम्वाङले पुष्टि गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *