Main News

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापासहित देशका विभिन्न भागमा राजावादीको प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते १९:०८
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापासहित देशका विभिन्न भागमा राजावादीको प्रदर्शन (भिडियोसहित)

२० मंसिर, २०७७ काठमाडौं । राजसंस्थाको माग गर्दै संघीय राजधानी काठमाडौं र प्रधानमन्त्रीको गृह जिल्ला झापामा आज प्रदर्शन भएको छ ।

‘राष्ट्रिय नागरिक आन्दोलन समितिको आव्हानमा काठमाडौंमा प्रदर्शन भएको हो । जिल्ला प्रशासन कार्यालयको आग्रह बेवास्ता गर्दै राजावादीले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रशासनले कोरोना संक्रमणको जोखिम रहेको भन्दै काठमाडौंमा प्रदर्शन गर्न रोक लगाएको थियो । पृथ्वीनारायण शाहको तस्वीर बोकेका प्रदर्शनकारीले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाएको प्रशासनले आज राजावादीलाई सुरक्षा दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि राजावादीले आज शक्ति प्रदर्शन गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भएको प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकलाई पूर्वी नाका काँकडभिट्टामा भेला गरिएको थियो ।

काँकडभिट्टादेखि विर्तामोडसम्म गरिएको मोटर तथा मोटरसाइकल र्‍यालीमा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ जस्ता लगायत नारा लगाएका थिए।

बिर्तामोडमा भएको सभामा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आजको प्रदर्शन शुरुवात मात्र भएको बताउनुभयो ।

पछिल्लो समय राजावादीले देशभर नै यस्ता प्रदर्शन गर्दै आएका छन् । यसअघि, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, जनकपुर, विराटनगर लगायत स्थानमा पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *