सुत्केरीको उपचारमा अस्पतालले लापरवाही गरेको भन्दै प्रदर्शन

२० मंसिर, २०७७ बुुटवल । रुपन्देहीको देवदह मेडिकल कलेजले सुत्केरीको उपचारमा लापरवाही गरेको भन्दै परिवारजनले विरोध प्रदर्शन गरेका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्वर–१० कान्छी बजारकी ३१ वर्षीया राधा थारुलाई सुत्केरी गराउन मंसिर १७ गते देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो । तीन दिनसम्म अवस्था सार्वजनिक नगरिएको भन्दै आफन्तले आज बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
बिहीबार बिहान अपरेशन गरी बच्चा निकालिएको तर केही घण्टापछि सुत्केरी बेहोस भएपछि पुनः अपरेशन कक्षमा लगिएको र हालसम्म अवस्था सार्वजनिक नगरिएको बिरामीका आफन्तले बताएका छन् ।
देवदह मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा. विक्रम ज्ञवालीले सुत्केरी भएलगत्तै रक्तश्राव नरोकिएपछि थप अपरेशन गर्नु परेको र बिरामी अहिले आइसीयूमा रहेको बताउनुभयो । उहाँले बच्चा जन्माइसकेपछि पनि सुत्केरीको रक्तश्राव नरोकिएपछि पुनः अपरेशन गरी पाठेघर फाल्नु परेको बताउनुभयो ।
विरोधपछि अस्पतालका डा. ज्ञवालीसहित स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा बिरामीका आफन्तबीच वार्ता भइरहेको छ ।
प्रतिक्रिया