रुसले कोरोनाविरुद्धको खोपको प्रयोग र ग्लोबल मार्केटिङ एकासाथ शुरु गर्ने

२० मंसिर, २०७७, मस्को । आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै शुरु गर्ने भएको छ ।
आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमूनासहित ‘ग्लोबल मार्केटिङ’का लागि रसियन उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको हो ।
यसबारे नेपालस्थित रसियन दूतावासका उच्च अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेट गरी त्यसको जानकारी गराइसकेका छन्।
उनीहरुले आगामी बुधबार आउने टोलीले ‘स्पुतनिक भी’ को ५ हजार स्याम्पल लिएर आउने भन्दै त्यसको भण्डारण व्यवस्थापन गरिदिन आग्रहसमेत गरेको स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो ।
टोलीले रसियामा उत्पादन भएको खोपबारे पनि जानकारी गराउनेछ । टोलीले आफूले उत्पादन गरेको खोप प्रयोगको अवस्था, यसको भण्डारणका विषयमा जानकारी गराइसकेका छन्।
उनीहरुले मन्त्रालयका अधिकारीहरुलाई यो खोप दुईदेखि ८ डिग्री तापक्रम र माइनस १८ डिग्री तापक्रममा राख्न मिल्नेगरी तयार पारिएको जानकारी दिएका थिए। नेपालमा अहिले २ देखि ८ डिग्री तापक्रममा रहने खोपको भण्डारण गर्ने क्षमता छ।
पछिल्लो समय बेलायत, रसिया, क्यानडालगायत देशले खोप ल्याउने प्रतिस्पर्धा सुरु गरिसकेका छन् ।
प्रतिक्रिया