Main News

सरकारी अपीलका बाबजुद राजावादीहरुद्वारा दिनहुँ जसो प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १८ गते २०:४२
सरकारी अपीलका बाबजुद राजावादीहरुद्वारा दिनहुँ जसो प्रदर्शन (भिडियोसहित)

१८ मंसिर, २०७७ काठमाडौं । सरकारले जुुलुश ननिकाल्न र सहभागी नहुन अपील गरेपनि त्यसको बेवास्ता गर्दै राजतन्त्र माग्दै प्रदर्शन गर्ने काम रोकिएको छैन । सरकारी अपीलका बाबजुद राजावादीहरुले दिनहुँ जसो प्रदर्शन गरिरहेका छन ।

हिन्दू राष्ट्र र राजन्त्रको पक्षमा आज पनि देशका विभिन्न ठाउँमा प्रदर्शन भएकू छ । गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्नुपर्ने माग राखेर दाङमा आज मोटरसाइकल ¥याली गरिएको छ ।

यस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि राजा आउ देश बचाउको नारासहित प्रदर्शन भएको छ । गणतन्त्र स्थापनापछि पनि देश र जनताको हितमा कुनै काम नभएको र दलहरुको मनोमानी बढेको प्रदर्शनकारीको आरोप छ ।

राजावादीले यसअघि काठमाडौंसहित देशका मुख्य मुख्य शहरमा पनि प्रदर्शन गरेका थिए । सरकारले जुलुस नगर्न अपील गरेकै अर्को दिन काठमाडौंमा प्रदर्शन भएको थियो । हिजो मात्रै काठमाडौंमा प्रशासनले सभा जुलुस गर्न रोक लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *