तनहुँबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा (भिडियोसहित)

१७ मंसिर, २०७७ तनहुँ । पुल उद्घाटनका लागि गृह जिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँकाको व्यास नगरपालिकामा निषेधाज्ञा तोडेको भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाको बुल्दी खोलामा निर्मित पुल उद्घाटनका लागि पौडेल तनहुँ पुग्नु भएको थियो ।
पौडेलले दिउँसो १ बजे पुल उद्घाटन गर्ने कार्यक्रम राखिएकोमा नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघका कार्यकर्ता बिहानैदेखि विरोधमा उत्रिएका थिए ।
आफ्नो पार्टीको पहलमा बनेको पुल विपक्षी नेताले उद्घाटन गर्न नहुने भन्दै युवा सङ्घका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
कांग्रेस भातृ संगठन तरुण दलले पौडेलको पहलमा बनेको भन्दै उहाँले नै उद्घाटन गर्नु पर्ने भन्दै प्रदर्शन गर्न थालेपछि दमौलीमा तनाव भएको छ। स्थिती तनावपुर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।
दुबै पक्षलाई सम्झाउँदा नमानेपछि अवस्था बिग्रन नदिन व्यास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । विवादका कारण पुल उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।
प्रतिक्रिया